बुटवलको होटलमा १७ वर्षीया सदीक्षा मृत फेला

बुटवल – बुटवलको एक होटेलमा किशोरी मृत अवस्थामा फेला परेकी छन् । बुटवल उपमहानगरपालिका-३, गोलपार्कस्थित होटल गोलपार्कको कोठामा किशोरी झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

शुक्रवार राति १० बजेतिर एक युवकको साथमा होटलमा पुगेकी बुटवल-२ की १७ वर्षीया सदीक्षा गुरुङ शनिवार मध्याह्न मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय, बुटवलले जनाएको छ ।

किशोरीसँग होटलमा पुगेका युवक भने शनिवार बिहान ९ बजेतिर होटलको बिल भुक्तानी गरेर बाहिरिएको खुलेको छ । पछि होटल सञ्चालक कोठामा जाँदा किशोरी झुण्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

किशोरीसँगै बसेका युवकको पहिचान हुन सकेको छैन । किशोरीको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा