इलाममा सात राउण्ड राइफलको गोलीसहित एक जना पक्राउ

काठमाडौं– इलामको सूर्योदय नगरपालिकाका एक जनालाई प्रहरीले राइफलको सात राउण्ड गोलीसहित पक्राउ गरेको छ। सोमबार बिहान सूर्योदय नगरपालिका–९ ढोडेका ३५ वर्षीय जीवन राईलाई गोलीसहित प्रहरीले पक्राउ गरेको हो। 

राईले राइफलको गोली देखाई घर छरछिमेकीलाईसमेत डरधम्की दिने गरेको भन्ने सूचनाको आधारमा प्रहरीले चौकी फिक्कलबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा सुत्ने कोठाको दराजको घर्रामा लुकाई राखेको अवस्थामा उक्त गोली बरामद गरी उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ। 

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा