भिनाजुद्दारा नाबालिग साली बलात्कृत

काठमाडौँ – काठमाडौँको कीर्तिपुर नगरपालिका-६ मा भिनाजुले सालीलाई बलात्कार गरेका छन् । बलात्कार आरोपमा प्रहरीले मकवानपुर घर भएका साजन प्रजालाई पक्राउ गरेको छ ।

बलात्कृत नाबालिग छिन् । कीर्तिपुरस्थित पाँगामा भिनाजुसँगै बस्दै आएकी नाबालिगलाई उनले यसअघि पनि पटक-पटक बलात्कार गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । आरोपीलाई शुक्रवार पक्राउ गरेर अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले जानकारी दिए ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा