करिब ११ लाख मूल्य बराबरको सुनका गहना चोरी

काठमाडौँ – भक्तपुरको मध्यपुर ठिमी नगरपालिकामा बुधबार राति ११ लाख मूल्य बराबरको सुनका गहना चोरी भएको छ । नगरपालिकाको वडा नम्बर-३ को गठ्ठाघर डेरा गरी बस्ने पाँचथर याङवरक गाउँपालिका-४ घर भएका ३५ वर्षीय ज्ञानबहादुर दाहालको कोठाबाट करिब ११ लाख रुपैयाँ बराबरको विभिन्न सुनका गहना बुधबार राति चोरी भएको हो ।

उनको कोठामा कोही नभएको अवस्थामा ढोकाको ताला फोडी दराजबाट सुनका विभिन्न गहना चोरी गरेको भन्ने जानकारी प्राप्त हुना साथ प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा