काठमाडौँ – प्रधानमन्त्री शेरवहादुर देउवाले मंगलबार मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले प्रधानमन्त्री देउवाले आकस्मिक बैठक बोलाएको जानकारी दिएकी छन् ।
सीमान्तीकृत महिलासँग सम्बन्धित कानुन निर्माणसम्बन्धी कार्यक्रममा मन्त्री रेग्मीले प्रधानमन्त्रीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएको जानकारी दिएकी हुन् । तर के विषयमा छलफल र निर्णय गर्ने भन्नेबारे भने खुलेको छैन । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने छ । मन्त्रिपरिषद्को नियमित बैठक भने सोमबार र बिहीबार बस्ने गरेको छ ।
