पोखराबाट मुस्ताङ तर्फ उडेको विमान सम्पर्कबिहीन

पोखरा – पोखराबाट मुस्ताङ उडेको तारा एयरको विमान सम्पर्कबिहीन भएको छ।

पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीका अनुसार बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको विमान सम्पर्कबिहीन भएको हो । तारा एयरको नाइन एन अल्फा इपो विमान सम्पर्कबिहीन भएको हो।

विमानमा १९ जना यात्रु रहेको बताइएको छ । जहाजमा चालक दलसहित २२ जना रहेको खुलेको छ । चालक दलका तीनसहित १९ यात्रु गएको विमानस्थलले जनाएको छ ।

जोमसोमका लागि उडेको उक्त जहाज मुस्ताङको लेतेमाथिको डाँडामा दुर्घटना भएको अनुमान गरिएको छ । तर, पुष्टि भएको छैन ।

जोमसोमबाट भर्खरै खोजीका लागि हेलिकोप्टर उडेको छ । मौसम खराब भएका कारण समस्या भैरहेको जोमसोम विमानस्थलले जनाएको छ ।

चालक दलमा क्याप्टेन प्रभाकर घिमिरे र उत्सव पोखरेल तथा एयर होस्टेज क्रिष्टी थापा थिए । यस्तै, यात्रुहरूमा बान्देकर वैसवी, इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजनकुमार गोले, मेइक ग्रीटग्राफ, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रश्मी श्रेष्ठ, रोजिना श्रेष्ठ गएका थिए ।

यसैगरी, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुलसादेवी तामाङ, अशोककुमार त्रिपाठी, धनुश त्रिपाठी, ऋतिका त्रिपाठी, वी विलनर पनि जहाजमा रहेको खुलेको छ ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा