भरतपुरमा १९८ मतले अग्रता लिदै रेनु दाहाल

काठमाडौं– भरतपुर महानगरपालिकाको मतगणना रोचक भइरहेको छ। गणना सुरु भएदेखि नै उक्त महानगरमा गठबन्धनकी उम्मेदवार रेनु दाहाल र एमालेका उम्मेदवार विजय सुवेदीले एक अर्कालाई उछिन्ने क्रम चलिरहेको छ।

अहिले १९ हजार ३ सय ८३ मत गणना गर्दा माओवादीकी दाहाल ६ हजार ५ सय २४ मतसहित अगाडि छन्।

त्यस्तै एमालेका उम्मेदवार सुवेदीले ६ हजार ३ सय २४ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार १८१ मत पाएका छन्। 

उपमेयरमा भने नेपाली कांग्रेसले अग्रता कायम गरेको छ। कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ७ हजार ९३९ मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङले ५ हजार १७९ मत पाएकी छन् ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा