सर्लाही रामनगर नगरपालिकामा २२ वर्षीय राजाबाबु मेयर निर्वाचित

सर्लाही – सर्लाहीको रामनगर नगरपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार २२ वर्षीय राजाबाबु यादव निर्वाचित भएका छन् । उनी ४ हजार ८१ मतसहित निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हरिनन्दन प्रसाद यादवले २,३९२, नेकपा एमालेका पुरुषोत्तम प्रसाद चौधरीले १,६३४ र स्वतन्त्र उम्मेदवार केएस राहुल बर्माले एक हजार ६०७ मत पाएका छन् ।

उपमेयरमा नेकपा माओवादी केन्द्रकी गीता देवी ३,५२३ मतसहित निर्वाचित भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी कोशिला साहले २,६३७ मत पाएकी छन् । त्यस्तै नेकपा एमालेकी निलम यादवले १,७३७ र लोकतान्त्रिक समाजवादी पार्टीकी वैदेही देवीले ९१७ मत पाएका छन् ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा