मोरङ – प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै पनि हालतमा तोकिएको समयमा चुनाव हुने बताएका छन् । मोरङको सुन्दरहरैचामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘निर्वाचन आयोगको काम निर्वाचन गराउने हो । सरकारको पूरा सहयोग छ । निर्वाचन सार्ने कुनै मनसाय छैन । तोकिएको समयमा चुनाव हुन्छ ।’
प्रधानमन्त्री शेरबहादुर देउवाले लेटाङ घटनाको छानबिन गरी महिला प्रहरी हत्या भएको घटनामा संलग्नलाई कारबाही गरिने बताएका छन् ।
सुन्दरहरैंचा नगरपालिकाको प्रशासनिक भवन शिलान्यास कार्यक्रममा उनले दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका हुन् । हिजो स्थानीय र प्रहरीबीच झडप हुँदा महिला प्रहरी उर्मिला श्रेष्ठको मृत्यु भएको थियो ।
