के ‘अर्ली इलेक्सन’ हुँदै छ ?

प्रतिपक्षी नेकपा एमालेले लगातार संसद अवरुद्ध गरेपछि ‘अर्ली इलेक्सन’को बहस सुरु भएको छ । एमसिसि पास भईसकेपछि पनि एमाले संसद चल्न दिने मुडमा नदेखिएपछि सत्तारुढ नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीले संसद बन्द भइृरहने हो भने अर्ली इलेक्सनमा जानुपर्ने धारणा राखेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संसद विघटन गरेर भने पनि अर्ली इलेक्सनमा जानुपर्ने प्रसताव प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग राखेका छन् । तर प्रधानमन्त्री देउवाले यस बारे कुनै जवाफ दिएका छैनन् । स्रोतका अनुसार माओवादी अध्यक्ष दाहाल र एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल गठबन्धन कायम राखि राख्नका लागि पनि स्थानिय तहको निर्वाचन अघि नै संसदको चुनाव चाहिरहेका छन् । बैशाख ३० का लागि घोषित स्थानिय तहको निर्वाचन केही पर सारेर भने पनि संसदको निर्वाचन गर्नुपर्नेमा दुई दलको जोड छ । ‘स्थानिय तहमा सबै स्थानमा गठबन्धन गरेर जान कांग्रेसलाई अप्m्ठ्यारो छ ।’ प्रधानमन्त्री निकछ एक नेताले भने ‘सायद, त्यही भएर होला पहिला संसदको निर्वाचन गर्न माओवादी र एसले जोड दिएका छन् ।’ कांग्रेस भित्र केन्द्रले नै गठबन्धन बनाईदिए पनि तल्लो तहमा बिद्रोह हुन सक्ने भय नेतृत्वमा छ । जसका कारण स्थानिय तहमा गठबन्धन के गर्ने भन्ने विषयमा नेतृत्व बोल्न सकिरहेको छैन । एस अध्यक्ष नेपालले एमालेले संसदको अवरोध नहटाए तत्काल संसद विघटन गरेर चुनावमा जान सार्वजनिक आग्रह नै गरीसकेका छन् । नेपालले आइतबार संसद भवनमा भने ‘अब यस्तै अवस्था रहे संसद विघटन गरेर अर्ली इलेक्सन गर्नुपर्छ ।’
नेताहरुले अर्ली इलेक्सनको कुरा गरे पनि संवैधानिक रुपमा भने त्यति सजिलो छैन । तोकिएको स्थानिय तहको निर्वाचन पनि सार्न सक्ने अवस्था कम छ । फेरी अदालतले संसद पुर्नस्थापना गरेर देउवालाई प्रधानमन्त्री तोक्ने क्रममा समेत ‘संसदको बांकी कार्यकाल पुरा काम गर्न’ भनिएको छ । सो आदेशले पनि फेरी संसद विघटन त्यति सजिलो छैन भन्ने देखाएको छ ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा