तोलामा १ लाख नाघ्यो सुनको मुल्य, रुस-युक्रेन युद्धको प्रभाव विश्व बजारमा

काठमाडौं– सुनको भाउ आइतबार प्रतितोला १ लाख रुपैयाँभन्दा माथि पुगेको छ।

यस दिन सुन एकैदिन तोलामा २ हजार रुपैयाँले बढेर १ लाख १ हजार ९सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  यसअघि शुक्रबार सुनको मूल्य तोलमा ९ सय रुपैयाँले बढेर ९९ हजार ९ सय रुपैयाँ पुगेको थियो।

यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला १ हजार १ हजार ४ रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ। रुस र युक्रेनबीच चलिरहेको युद्धको असर विश्वबजारमा परेका कारण सुनको मूल्य निरन्तर उकालो लागिरहेको हो। 

आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा