भारतका एक नागरिक अबैध डलरसहित विमानस्थलबाट पक्राउ

काठमाडौं –  काठमाडौंबाट दुबई जान लागेका एकजना भारतीय नागरिकलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । भारतीय नागरिक सतिश पुरुषोत्तम सञ्जानीलाई २० हजार अमेरिकी डलरसहित पक्राउ गरिएको विमानस्थलका एसएसपी भीम प्रसाद ढकालले बताए ।

४५ वर्षीय सन्जानी फ्लाई दुवइको विमान मार्फत दुबई जान लागेका थिए । उनको साथबाट केही परिमाणमा पाउन्ड स्ट्रलिङ्ग पनि बरामद गरिएको छ । उनलाई राजस्व अनुसन्धान विभागमा पठाइएको छ ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा