कृषक/बीउ उत्पादक कृषक समूह तथा सहकारी/बीउ उत्पादक कम्पनी/फार्म तथा बीउ बिजन बिक्रेताहरुमा बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्र, हरिहरभवन, ललितपुरको अनुरोध

  1. कृषकहरुले बीउ व्यवसाय संचालनको अनुमति प्राप्त बिक्रेताबाट बीउ खरिद गर्दा नेपाल सरकारबाट सूचित बाली र जात भएको यकिन गरी मात्र खरिद गर्नुहोस् ।
  2. उन्नत बीउ प्रयोगकर्ताले अनिवार्य रुपमा प्रयोगशालामा गुणस्तर परीक्षण गरिएको, बीउ उपचार गरिएको र बीउको बोरा, थैला, प्याकेट, बट्टा वा डिब्वामा राम्ररी सिलबन्दी गरी बाली, जात, उत्पादन वर्ष, लट नं., उमार शक्ती, चिस्यान शुद्धता, बीउ परीक्षण गरिएको मिति र अन्य तोकिएको गुणस्तर उल्लेख गरिएको एवम् बीउ बिक्रेताको नाम, लोगो र दस्तखत समेत उल्लेख गरी यथार्थ संकेत पत्र लगाइएको बीउ मात्र प्रयोग गरौं ।
  3. विदेशबाट आयात भई नेपालमा सूचित भएका विभिन्न बालीका बर्णशंकर (हाइव्रिड) तथा खुला सेचित बीउहरु खरिद गर्दा अनिवार्य रुपमा बीउ आयातकर्ता तथा बिक्रेताले सो बीउ लगाउँदा हुने जोखिम तथा नोक्सानीको क्षतिपूर्ति उपलब्ध गराउने सुनिश्चित गरे पश्चात् मात्र खरिद गर्ने बानी बसालौं ।  
  4. उन्नत बीउ बिजनको खरिद गर्दा सम्बन्धित बीउ उत्पादक संस्थाबाट यथार्थ संकेतपत्र लगाइएका बीउ बिजनहरु मात्र खरिद गरौं ।
  5. बीउको गुणस्तर तथा गलत सूचनाको कारणले कसैलाई हानी नोक्सानी भएमा क्षतिपूर्तिको दावी गर्न सकिने व्यवस्था भएकोले बीउ बिजन खरिद गर्दा अनिवार्य रुपमा खरिद बील लिन नविर्सौं । साथै बीउको कारण क्षति भएमा कृषि विषय हेर्ने जिल्ला स्थित कार्यालय (कृषि ज्ञान केन्द्र/कृषि विकास कार्यालय/एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय) मा जानकारी एवम् उजुरी गर्ने गरौं ।
  6. सूचित नभएका बीउ बिजनको बिक्री वितरण गर्ने कार्य बीउ बिजन ऐन २०४५ अनुसार दण्डनीय भएकाले सूचित नभएका बीउ बिजनको बिक्री वितरण नगरौं ।
  7. बीउ बिजन व्यवसाय संचालनको अनुमति पत्र बीना बीउ बिजन बिक्री गर्न नपाइने भएकाले सबै बीउ व्यवसायी तथा एग्रोभेटहरुले अनुमति पत्र लिई सबैले देख्ने गरी बिक्री कक्षमा राखौं ।
  8. खुल्लारुपमा सानो सानो प्याकेटमा बीउ यथार्थ संकेत पत्र नलगाई, प्याकेटमा खुलाउनु पर्ने सूचनाहरु उल्लेख नगरी बीउ खरिद बिक्री नगरौं ।
  9. बीउ बिजन उत्पादन, खरिद बिक्री तथा वितरण सम्बन्धमा आवश्यक जानकारी लिन बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्र, ललितपुरमा सम्पर्क गर्नुहोस् ।

थप जानकारीको लागि सम्पर्कः

बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्र

हरिहरभवन, ललितपुर

फोन नं. ०१-५५२६२७६, ५५२१३५९

इमेलः sqccnepal@gmail.com

वेभ साइटः  www.sqcc.gov.np

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा