कतिपय मानिसमा सुत्दा घुर्ने बानी हुन्छ । यो समस्याले स्वयं व्यक्तिलाई भन्दा पनि सँगैको अर्को मानिसलाई बढी असर पुर्याउँछ ।किन घुर्छ मानिस ?घाँटी र नाकको श्वास नली अप्राकृतिक ढङ्गले टालिन्छ वा बन्द हुन्छ । तब साँघुरो नलीबाट छिटो हावा पार हुने क्रममा घुरेको आवाज आउँछ। यही घुर्ने समस्याले धेरैलाई अप्ठेरोमा पार्दछ ।यसबाट छुटकारा पाउन के गर्ने ?– अत्यधिक धूम्रपान, मद्यपान र लागु औषधबाट टाढा रहने ।– नियमित रूपमा व्यायाम गर्ने ।– प्रशस्त मात्रामा पानी पिउने ।– सुत्नु अघि ३ घण्टा अगाडी खाना खाने ।– खानामा कम मसला, चिल्लो, पिरो खाने ।– सुत्दा उत्तानो परेर नभई कोल्टे परेर सुत्ने ।– मोटोपन घटाउने ।– राती सुत्दा झ्याल वा भेन्टिलेसनबाट थोरै हावा आवतजावत हुन दिने ।– अत्यधिक घुर्ने समस्या भए चिकित्सकको परामर्श लिने ।
सुत्दा घुर्ने बानी छ ? यसरी हटाउनुहोस्
Previous article
