कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले माघ १५ गतेसम्म विद्यलय बन्द गर्ने निर्णय गरेको छ ।
आइतबार बसेको कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्रको बैठकले विद्यालय बन्द देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
‘कतिपय विद्यालयमा हिउँदे विदा पनि जारी रहेकाले त्यसलाई माघ १५ गतेसम्म लम्ब्याउने गरी निर्णय गरेका हौं, यसले संक्रमणको चेन ब्रेक गर्ने अपेक्षा छ’ सिसिएमसिसिका प्रवक्ता सुनिता नेपालले भनिन्, ‘ निर्णय कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयहरुमा सिफारिस गरिसकेका छौं ।’
बैठकले प्रमुख जिल्ला अधिकारीले जिल्लामा संक्रमणको अवस्था हेरेर स्मार्ट लकडाउन गर्न सक्ने निर्णय समेत गरेको छ । त्यस्तै बैठकले सर्वजनिकस्थलमा २५ जना भन्दा बढी भेलमा हुन नपाउने निर्णय समेत गरेको छ ।
