October 18, 2024, Friday
KN hd tv

भारतमा थप १७ जनामा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

काठमाडौं– भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमितको हुनेको संख्या दैनिक बढिरहेको छ।

पछिल्लो २४ घण्टामा त्यहाँ १७ जनामा नयाँ भेरियन्टको संक्रमण पुष्टि भएको समाचार एजेन्सी एएनआईले जनाएको छ। योसँगै भारतमा ओमिक्रोनबाट संक्रमितको हुनेको संख्या २१ पुगेको छ।

आइतबार राजस्थानमा नौ, महाराष्ट्रमा सात र दिल्लीमा एक जनामा ओमिक्रोनको संक्रमण पुष्टि भएको जनाइएको छ। 

नोभेम्बरको सुरुमा दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भेरियन्टको संक्रमण अन्य देशमा पनि देखिन थालेको छ। 

शीर्ष समाचार

धेरै पढिएको