कांग्रेस गण्डकीमा पौडेल समूहका शर्मा विजयी

काठमाडौँ – उम्मेदवार चयनका लागि पौडेलपक्षलाई सहज भने भएन। सभापतिका आकांक्षी धेरै देखिए। शीर्ष तहका नेताहरुको लम्बेतान बैठकपछि पौडेलले नै सभापतिको उम्मेदवारमा शर्मालाई उठाउने घोषणा गरे। त्यसो त पौडेलपक्षबाट भन्दा दुई दिनअघि नै संस्थापनपक्षले आफ्नो प्यानल घोषणा गरिसकेको थियो।

पोखरामा नेता पौडेल र महामन्त्री कोइरालाले डेरा जमाएपछि पौडेलपक्ष एक ढिक्का भएर आफ्नो उम्मेदवार जिताउन लागे। आफ्नै समूहबाट पार्टीको आन्तरिक निर्वाचनमा अन्तर्घात भएन। जिल्ला सभापतिमा ‘अनपेक्षित लाभ’ पाएर उत्साहित संस्थापनपक्ष हार स्वीकार्ने अवस्थामा पुग्यो।

सभापतिमा केन्द्रबाट प्रदेश झरेका जोशी हारे। पदाधिकारीमा जोशीसहित सात जना हारे। उपसभापतिका उम्मेदवार मेखलाल श्रेष्ठले भने देउवापक्षबाट जित निकाले। पदाधिकारीमा संस्थापनको ‘नाक जोगाइदिने’ श्रेष्ठ एक्ला हुन्। संस्थापनपक्षका नेता गोपालमान श्रेष्ठनिकट मेखलाल प्रदेश सभामा मन्त्रीसमेत छन्। देउवापक्षबाटै महामन्त्रीमा भिडेका गण्डकीका अर्का मन्त्री कुमार खड्काले भने पराजय भोगे। खड्काले अखण्ड पार्टीलाई कांग्रेसमा विलय गराएका थिए।

उपसभापतिमा प्रतिस्पर्धा गरेका नेत्रबहादुर महत संस्थापनपक्षबाट पराजित भए। त्यस्तै, महामन्त्रीमा प्रतिस्पर्धी बनेका ईश्वर पाण्डे, सहमहामन्त्रीका उम्मेदवार ओमकला गौतम, झुलबहादुर आले र राजनराज पन्तले पनि हार ब्यहोरे।

शर्मा प्यानलबाट पदाधिकारीमा पराजित हुनेमा उपसभापतिका उम्मेदवार हरिप्रसाद श्रेष्ठ एक्ला बने। आठ जना पदाधिकारीमध्ये पौडेल समूहका सात जनाले जित निकाले। उपसभापतिमा कल्पना तिवारी, महामन्त्रीमा विष्णुप्रसाद लामिछाने र किरणबाबु श्रेष्ठ, सहमहामन्त्री तीन जनामा कोपिला रानाभाट, रामचन्द्र जोशी र रमेशकुमार पाण्डे संस्थापनइतर (पौडेल)पक्षबाट विजयी भए।  

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा