सर्वोच्च परिसरमा आज पनि वकिलहरुको धर्ना जारी, ठूलो संख्यामा प्रहरी तैनाथ

काठमाडौं –  प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आन्दोलनरत नेपाल बार एशोसिएसनले आज (मंगलबार) पनि धर्नालाई जारी राखेको छ । २३ दिनदेखि आन्दोलनरत बारले आज मंगलबार बिहान सर्वाेच्च अदालतमा धर्ना शुरु गरेका छन् ।

आज नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको नेपाल बन्द रहे पनि बारले आन्दोलनरतलाई निरन्तरता दिएको हो । प्रधानन्यायाधीश जबराले सोमबार मात्र वक्तव्य जारी गर्दै विधिसम्मत वार्ताका लागि आह्वान गरेका थिए ।

तर नेपाल बारले भने उक्त प्रस्ताव नै अस्वीकार गर्दै आन्दोलनलाई निरन्तरता दिएको छ । सर्वोच्च परिसरमा अघिल्ला दिनहरुमा जस्तै प्रहरीको तैनाथी बढाइएको छ । सर्वाेच्चका न्यायाधीश पनि जबराले मार्गप्रशस्त गर्नुपर्ने मागसहित इजलासमा बसेका छैनन् ।

आज पनि एकछिन कानुन व्यवसायी र रोक्न खोज्ने प्रहरीबीच धकेलाधकेल भएको छ । तर आन्दोलित वकिलहरू प्रहरीको घेरा तोडेर सर्वाेच्च अदालतको मूल गेटसम्म पुगेका छन् ।प्रधानन्यायाधीश जबराविरुद्ध नाराबाजी गरेका छन् ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा