कांग्रेस महाधिवेशन निर्धारित समयमै हुने पक्का

सत्तारुढ दल नेपाली कांग्रेसको महाधिवेशन अब भने निर्धारीत मितिमा नै हुने भएको छ । पटक पटक महाधिवेशनको मिति सारेको कांग्रेसले पछिल्लो पटक मंसिर २७ देखी महाधिवेशन गर्ने कार्यतालिका बनाएको थियो । अघिल्ला पटक जे कारणले महाधिवेशन सरेको थियो यस पटक पनि त्यही कारण महाधिवेशन सर्ने हो कि भन्ने आशंका भईरहेका बेला कांग्रेसले महाधिवेशनका लागि आवश्यक पर्ने मुख्य आधारको रुपमा रहेको क्रियाशील सदस्यको विवाद देश भरी नै टुंग्याएपछि १४ औं महाधिवेशन निर्धारित मितिमा नै हुने पक्का भएको हो । कार्तिक २४ गते रौतहटको क्रियाशील सदस्याता विवाद टुंगिएसँगै क्रियाशील सँग सम्बन्धीत विवाद अब लगभग टुंगो लागेको हो । मंसीर भरीमा पार्टीको महाधिवेशन गरी निर्वाचन आयोगलाई जानकारी गराउनुपर्ने बाध्यत्मक अवस्था आएपछि प्रधानमन्त्री एंव सभापति शेरबहादुर देउवाले निर्धारीत मितिमा नै सबै तहको अधिवेशन सक्ने गरी तयारी गर्न निर्वाचन समितिलाई समेत निर्देशन दिएका छन् । सभापति देउवाले निर्वाचन तयारीका बारेमा दैनिक जसो निर्वाचन समितिसँग जानकारी समेत लिन थालेको देउवा निकट नेताले बताए । ‘सभापतिज्यु अब कुनै हालतमा पनि महाधिवेशन सार्ने पक्षमा हुनुहुन्न ।’ ती नेताले भने ‘सबै ढंगबाट मंसीरको समय महाधिवेशनका लागि उपयुक्त हो भन्ने रिपोर्ट छ, सभापतिज्यूलाई दोहोरीन यो समय निकै नै फलदायी पनि छ ।’
संस्थापन इतर समुहमा को उम्मेदवार बन्ने भन्ने विषय अझै टुंगो लाग्न सकेको छैन । पार्टी भित्र आफुलाई तेस्रो धारको रुपमा उभ्याएको कृष्ण प्रसाद सिटौला समुह देउवासँगै मिसिने अवस्था बन्दै गएको छ । मंगलबार सभापति देउवासँग एउटै कार्यक्रममा रहेका सिटौलेले पनि ‘अब महाधिवेशन एक दिन पनि नसर्ने’ बताएका छन् ।
महाधिवेशनका लागि आवश्यक पर्ने समितिहरुको निमार्णका लागि कार्तिक २८ गते केन्द्रीय समिति बैठक समेत बोलाउने तयारी भएको छ । सोही केन्द्रीय समितिले राजनीतिक प्रतिवेदन निमार्ण, व्यवस्थापन लगायतका महाधिवेशनका लागि आवश्यक पर्ने समिति बनाउने छ ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा