एलेनले चोटका कारण विश्वकप गुमाउने

काठमाडौं- साविक विजेता वेस्टइन्डिजका अलराउन्डर फबिएन एलेनले चोटका कारण आईसीसी टी२० विश्वकप २०२१ मा गुमाउने भएका छन्।

एंकलमा चोटका कारण एलेनले टी२० विश्वकप गुमाउने भएका हुन्। एलेन बाहिरिँदा टोली रणनीतिमा ठूलो असर पुग्ने आकलन गरिउको छ। 

उनको स्थानमा वैकल्पिक खेलाडी स्पिनर अकिल हुसैनले मौका पाएका छन्। एलेन टी२० आई वरियतामा १६ र अलराउन्डरमा १७ औं वरियतामा छन्। एलेनले १७ ओडिआई र २८ टी२० आई खेलेका छन्। 

एलेन तल्लोक्रममा विष्फोटक ब्याटिङ गर्ने गर्दछन्। उनले टी२० आईमा २ सय ५० रन बनाएका छन्। स्पिन बलर एलेनले २० विकेट लिएका छन्।

वेस्टइन्डिज सुपर १२ को समूह ‘ए’ मा छ। सुपर १२ को समूह ‘ए’ मा वेस्टइन्डिजसँगै अष्ट्रेलिया, इंग्ल्यान्ड, दक्षिण अफ्रिका, पहिलो चरणको समूह ‘ए’ को विजेता र समूह ‘बी’ को उपविजेता रहनेछन्। 

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा