कैलाली- कैलालीको भीमदत्त राजमार्ग पहिरोले अवरुद्ध भएको छ । स्थानीय भासु भीरमा पहिरो जाँदा गए रातिदेखि नै राजमार्ग अवरुद्ध भएको हो ।
सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वामदेव गौतमका अनुसार आइतबार साँझदेखि परेको वर्षाका कारण यो सडकको ठाउँ ठाउँमा पहिरो खसेको छ । पहिरोले राजमार्ग अवरुद्ध हुँदा सुदूरपश्चिमका सात पहाडी जिल्लाको यातायात सेवा ठप्प भएको प्रहरीले जनाएको छ ।
गोदावरी नगरपालिकाको डोजरको सहायताले पहिरो पन्छ्याउने काम भइरहेको एसपी गौतमले जानकारी दिए । पहाडी जिल्लाबाट कैलाली र कञ्चनपुरसहित विभिन्न जिल्लाका लागि छुटेका सवारीसाधन बीच बाटोमै रोकिएका छन् भने तराईबाट पहाड जाने सवारीसाधन पनि अलपत्र परेका छन् ।

