October 22, 2024, Tuesday
KN hd tv

दाहाल-नेपाल पक्षको रणनीति

काठमाण्डौँ – सत्तारुढ नेकपाभित्रको विवादथप पेचिलो बन्दै गएको छ ।

स्थायि समिति बैठकमा बहुसंख्यक सदस्यले राजिनामा मागेपछि चिन्तित बनेका प्रधानमन्त्री एवं अध्यक्ष केपीओली राजिनामा दिन भन्दा पनि पृथक ढंगबाट अघि बढ्न खोजेको निष्कर्ष सहित इतर पक्षले राजिनामाको अडान नछोड्ने र राजिनामा नदिए केन्द्रीय समिति बैठक मार्फत नै थप प्रक्रिया अघि बढाउने निष्कर्ष निकालेके हो । प्रधानमन्त्री ओलीले राजिनामाको विकल्पमा संकटकाल लगाउने, मध्यवधि निर्वाचनमा जाने बाटोबारे छलफल गरेपछि इतर पक्षथप चिढिएको छ । अहिले नेकपाको विधानमा सबैभन्दा ठुलो निकाय भनेकै केन्द्रीय समितिहो ।

स्थायि समितिबाट राजिनामाको निर्णय गराउन नसकिए केन्द्रीय समितिबाटै यस बारे निर्णय गर्ने पक्षमा झम्सीखेल भेलापुगेको छ । बुधबार झम्सीखेलको एक रेस्टुरेन्टमा इतर पक्षको दिनभर भेलाभएको थियो । स्रोतका अनुसार सो भेलाले ओलीले राजिनामान दिए केन्द्रीय समिति बैठक गरेर त्यसबाट ओलीलाई कारबाही गर्ने निष्कर्ष समेत निस्किएको छ ।

बैठकमा सहभागि एक नेताका अनुसार ओलीले राजिनामा नदिए केन्द्रीय समितिको बहुमतले हटाउने निर्णय गर्ने निश्चित छ । भेलामा अध्यक्ष दाहाल, बरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम सहित गृहमन्त्री रामबहादुर थापा र आफु निकटका स्थायि समिति सदस्यहरु रहेको बताइएको छ ।

बिहानमात्र प्रधानमन्त्री ओलीले आफु पक्षीय नेताहरुसँग राजनीतिक परामर्श गर्नु भएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको