October 22, 2024, Tuesday
KN hd tv

कोरोना कोषबाट ५५ करोड ६३ लाख भुक्तानी

कोरोना कोषबाट ५५ करोड ६३ लाख ३ हजार ३ सय  ३ रुपैयाँ भुक्तानी भएको छ । कोषले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ८८ लाख ५५ हजार भुक्तानी प्रदान गरेको छ ।

देशका विभिन्न स्थानबाट स्वाब संकलनका लागि प्रयोग भएको जहाज भाडा वापतको रकम भुक्तानी दिइएको हो ।

यस्तै कोषले नेपाली सेनालाई ९ करोड २६ लाख ८० हजार भुक्तानी गरेको छ । वीरेन्द्र सैनिक अस्पताल छाउनीको आइसीयू तथा पूर्वाधार व्यवस्थापन गर्न सो रकम प्रदान गरिएको हो। 

यस्तै राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रलाई २५ लाख कोरोना विरामी तथा स्वास्थ्यकर्र्मी खर्चका लागि भुक्तानी दिइएको छ । 

यसैगरी सातै प्रदेशका लागि ३८ करोड भुक्तानी दिइएको छ । यस्तै स्थानीय तहका लागि ७ करोड २२ लाख  भुक्तानी दिइएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।  हालसम्म कोरोना कोषमा २ अर्ब ३५ करोड संकलन भएको छ । 

शीर्ष समाचार

धेरै पढिएको