May 30, 2023, Tuesday
२०८० जेष्ठ १६, मंगलवार
KN hd tv

दिल्ली र नेपालका शक्ति मिलेर मलाई प्रधानमन्त्रीबाट हटाउन खोजियो: ओली

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको नयाँ नक्सा जारी गर्दा भारतले आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजेको आरोप लगाएका छन् ।

उनले नेपालको सम्पूर्ण भूभाग समेटेर नयाँ नक्सा छापेवापत दिल्ली र नेपालका शक्ति मिलेर आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजिएको बताएका छन् ।

मदन भण्डारी फाउण्डेशनले आज बालुवाटारमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दिल्लीका सञ्चार माध्यम र नेपालका होटेलहरुमा भइरहेका गतिविधि र एम्बेसीको सक्रियताले आफूलाई हटाउने खेल चलिरहेको पुष्टि हुने टिप्पणी गरेका छन् ।

उनले भने, ‘दिल्लीका सञ्चार माध्यमहरु सुन्नुहोस । यहाँका होटहरुमा भइरहेका गतिविधिहरु हेर्नुहोस्, एम्बसीको सक्रियताले पनि त्यो देखाइरहेको छ । तर अहिले नेपालको राष्ट्रियता त्यति कमजोर छैन कि आफ्नो भूमि समेटिएको नक्सा छाप्दैनमा सरकार ढल्नु परोस् ।’

प्रधानमन्त्रीले अहिले आफूलाई प्रधानमन्त्रीबाट हटाउने सपना कसैले नदेख्दा ठीक हुने चेतावनी पनि दिएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको