September 25, 2023, Monday
२०८० आश्विन ८, सोमबार
KN hd tv

यी ४४ जिल्लामा बाढी पहिरोको खतरा: सुरक्षित भएर बस्न आग्रह

काठमाडौं – वर्षयाम शुरु भएसँगै मुलुकका विभिन्न भू-भागमा भइरहेको भारी वर्षाका कारण विभिन्न ४४ जिल्लामा बाढी, पहिरो र डुबानको जोखिम बढेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार मुलुकका विभिन्न भू-भागमा ९० मिलिलिटरसम्म वर्षा भएको छ ।

महाशाखाका अनुसार दिपायलमा ११.१, धनगढीमा ८९.९, वीरेन्द्रनगरमा १.१, नेपालगञ्जमा ५.१, घोराहीमा २५.१, पोखरामा ७५.१, भैरहवामा ३१.३, सिमरामा ६.२, काठमाडौंमा ९.२, ओखलढुंगामा १.२, ताप्लेजुङमा ६.७, धनकुटामा ३.९, विराटनगरमा ४९.९, जोमसोममा १.५, धरानमा ९०.४ र जिरीमा १४.५ मिलिलिटर वर्षा भएको छ ।

निरन्तरको वर्षा नरोकिएपछि बाढी पूर्वानुमान महाशाखाले विभिन्न ४४ जिल्ला तथा आसपासको क्षेत्रमा बाढी तथा डुबानको पूर्वानुमान गरेको छ ।

महाशाखाले बिहान ७ बजे जारी गरेको बाढी पूर्वानुमान बुलेटिनमा इलाम, झापा, पाँचथर, ताप्लेजुङ, मोरङ, सुनसरी, उदयपुर, प्रदेश २ का सबै ८ जिल्ला, सिन्धुली, मकवानपुर, काठमाडौँ उपत्यका, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, गोरखा, धादिङ, चितवन तनहुँ, कास्की र लमजुङमा बाढीको सम्भावना छ ।

यस्तै नवलपरासी, रूपन्देही, गुल्मी, कपिलवस्तु, दाङ, रोल्पा, प्यूठान, रूकुम, दैलेख, जाजरकोट, सुर्खेत, बाँके, बर्दिया, कैलाली, डोटी र आसपास जिल्ला बहने केही स-साना खोलाहरुमा बहाव बढ्ने भएकाले सतर्क रहन महाशाखाले आह्वान गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको