October 16, 2026, Friday
KN hd tv

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु, रेशमबहादुर र खुमाप्रसाद विजयी, युवातर्फ सुभाष र डा. कला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै केन्द्रीय कार्यसमितिमा पुग्ने नेताहरूको टुङ्गो लागेको छ । सार्वजनिक मतपरिणाम अनुसार प्रदेशको खुला केन्द्रीय सदस्य पदमा किरणबाबु श्रेष्ठ, रेशमबहादुर बानियाँ र खुमाप्रसाद अर्याल विजयी भएका हुन् ।

यस्तै, गण्डकी प्रदेश महिलातर्फको केन्द्रीय सदस्य पदमा सरस्वती अर्याल तिवारी लोकप्रिय मतका साथ निर्वाचित भएकी छन् । महाधिवेशन प्रतिनिधिहरूको बलियो समर्थन प्राप्त गर्दै उनले केन्द्रीय सदस्यको जिम्मेवारी पाएकी हुन् ।

महाधिवेशनमा ३५ वर्षमुनिको युवा क्लस्टरअन्तर्गत गण्डकीबाट सबैभन्दा बढी मत हासिल गर्दै सुभाष पौडेल विजयी भएका छन् । त्यसैगरी ३५ वर्षमुनिको महिलातर्फ डा. कला पन्त केन्द्रीय सदस्यमा निर्वाचित हुन सफल भएकी छन् ।

केन्द्रीय कार्यालयमा जारी मतगणनाबाट गण्डकी प्रदेशको क्लस्टरगत नतिजा टुङ्गिएसँगै नयाँ कार्यसमितिमा ऊर्जाशील नेतृत्वको टिम बनेको छ । विजयी केन्द्रीय सदस्यहरूलाई महाधिवेशन प्रतिनिधि तथा पार्टी कार्यकर्ताहरूले बधाई ज्ञापन गरेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको