July 26, 2024, Friday
KN hd tv

विभिन्न देशबाट हिजो मात्रै ९५९ नेपालीको उद्दार

काठमाडौं विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणपछि अलपत्र परेका ९५९ नेपालीको उद्धार भएको छ। कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरका अनुसार शनिबार मात्र विभिन्न देशबाट ९५९ नेपालीलाई काठमाडौं ल्याइएको हो। 

शनिबार नेपाल ल्याइएकामा हङकङ, यूएई, साउदी अरेबिया, यूकेका छन्। सेन्टरका अनुसार यूएई र साउदी अरेवियाबाट दुई उडान, यूके र हङकङबाट एक उडान गरेर अलपत्र नेपालीको उद्धार गरिएको हो। यूएईबाट भएको दुई उडानमा तीन सय ८७ र साउदी रेवियाबाट भएको दुई उडानबाट चार सय ४० जनाको उद्धार गरिएको छ। 
त्यसैगरी यूकेबाट ८३ र हङकङबाट ८२ जनाको उद्धार भएको सेन्टरले विज्ञप्तिमार्फत् जानकारी गराएको छ।
 
यसरी उद्धार गरिएकामध्ये एकजना भारतीय नागरिक छन्। भारतीय नागरिकसहित उद्धार भएकाको कुला संख्या १६० रहेको छ।

शीर्ष समाचार

धेरै पढिएको