काठमाडौँ महानगरपालिकाले महानगरका बालबालिकालाई बिहीबारदेखि दादुरा रुवेलाविरुद्धको खोप लगाउँदै
काठमाण्डौँ – काठमाडौँ महानगरपालिकाले महानगरका बालबालिकालाई बिहीबारदेखि दादुरा रुवेलाविरुद्धको खोप लगाउँदै आएको छ । जिल्लाभरका नौ महिनादेखि पाँच वर्ष उमेरसमूहका बालबालिकालाई विशेषरुपमा खोपको व्यवस्था गरिएको हो ।
गत वैशाख महिनामा नै लगाउनुपर्ने उक्त खोप कोरोना भाइरस सङ्क्रमणका कारण रोकिएको थियो । विशेष सावधानी अपनाएर बिहीबारदेखि बालबालिकालाई दादुरा रुवेलाविरुद्ध खोपको व्यवस्था गरिएको महानगरपालिकाले जनाएको छ ।
आफूलाई सहज हुने स्वास्थ्य केन्द्र र वडा कार्यलयबाट यो खोप सेवा लिन सकिने कामपा–८ का सदस्य इन्दिरा भण्डारीले जानकारी दिइन्। उनका अनुसार खोप लगाउन बिहीबार र शुक्रबारको समय निर्धारण गरिएकामा ती दिन छुटेकाहरुलाई सम्बन्धित वडा कार्यालयबाट शनिबार पनि लगाउने व्यवस्था गरिएको छ ।
प्रतिकृया दिनुहोस्