March 22, 2023, Wednesday
२०७९ चैत्र ८, बुधबार
KN hd tv

नेपालको जनसंख्या तीन करोडभन्दा बढी

काठमाडौं – नेपालको जनसंख्या तीन करोड नाघेको छ । केन्द्रीय तथ्यांक विभागले शुक्रबार नेपालको जनसंख्या तीन करोड नाघेको उल्लेख गरेको हो। 

यसअघि २०६८ मा भएको जनगणना अनुसार नेपालको जनसंख्या दुई करोड ६४ लाख ९४ हजार पाँच सय चार थियो। नेपालमा हरेक १०–१० वर्षमा जनगणना हुने गरेको छ। अब २०७८ सालमा जनगणना हुनेछ। 

तथ्यांक विभागले सार्वजनिक गरेको डाटा अनुसार शुक्रबार दिउँसो नेपालको जनसंख्या तीन करोड ६ सय ३४ देखाएको हो। औसत जनसंख्या वृद्धिका आधारमा तथ्यांक विभागले यो संख्या अपडेट गर्दै आएको छ। 

विभागले औसत दैनिक जनसंख्या वृद्धिको आधारमा यो संख्या अपडेट गर्छ। सोही आधारमा शुक्रबार अर्थात् असार १२ गते नेपालको जनसंख्या तीन करोड नाघेको हो। नेपालको जन्मदर सन् २०२० सम्म औसतमा २.१७ रहेको विभागले जनाएको छ।

शीर्ष समाचार

धेरै पढिएको