October 18, 2026, Sunday
KN hd tv

चन्द्रागिरीको आइपिओ आजदेखि बन्द हुने

काठमाडौं– चन्द्रागिरी हिल्सले निष्काशन गरेको प्राथमिक शेयरमा माग भन्दा १५ गुणा बढिको आवदेन परेपछि मंगलबारदेखि बिक्री बन्द गर्ने भएको छ। कम्पनीले छिटोको अधविमा आजसम्म निष्काशन गर्ने कार्यतालिका बनाएको थियो। निष्काशनको तीन कार्यदिनमै ११ लाखभन्दा धेरै लगानीकर्ताले २ करोड १० लाखभन्दा धेरै कित्ताको लागि आवेदन दिएका छन्। 

कम्पनीले सर्वसाधारणका लागि छुट्टाएको कित्तामध्येबाट न्युनतम १० कित्ताले बाँडफाँड हुँदा पनि जम्मा एक लाख ३९ हजारले मात्रै शेयर पाउन सक्छन्। तर कम्पनीमा ११ लाख भन्दा धेरैको आवेदन परेकाले सुपर लक्की ड्र हुने भएको छ। 

कम्पनीले सर्वसाधारण समूहका लागि छुट्याएको १५ लाख ३४ हजार कित्तामध्ये कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्ट्याएर बाँकी रहेको १३ लाख ९६ हजार कित्ता सर्वसाधारणका लागि जारी गरेको हो। 

शीर्ष समाचार

धेरै पढिएको