सुनको मूल्य प्रतितोला १३०० सय रूपैयाँले घट्यो
- Khabar Nirantar
- २०७७ पुष २३
काठमाडौँ-नेपाली बजारमा आज पहेंलो धातु सुनको मूल्य प्रतितोला १ हजार ३०० रूपैयाँले घटेको छ ।
छापावाला सुन बुधबार प्रतितोला ९६ हजार ७०० रूपैयाँमा कारोबार भएकोमा आज प्रतितोला ९५ हजार ४०० रूपैयाँ कायम गरिएको छ ।
यस्तै तेजाबी सुन आज प्रतितोला ९४ हजार ९०० रूपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार तेजाबी सुन प्रतितोला ९६ हजार २०० मा कारोवार भएको थियो ।
यस्तै चाँदी प्रतितोला १० रूपैयाँले घटेको छ । आज चाँदी प्रतितोला एक हजार ३३० रूपैयाँमा कारोवार भइरहेको छ ।
शीर्ष समाचार
- दसैँमा चितवनमा ३० करोडभन्दा बढीको खसीबोका कारोबार: १५ हजार खसी खपत हुने, भारतीय आयात पूर्ण बन्द
- लगानी बोर्डका पूर्वप्रमुख सुशील भट्ट ललितपुरबाट पक्राउ: अवैध वित्तीय कारोबारको आरोप
- आइतबार कस्तो रहनेछ देशभरको मौसम? यी प्रदेशमा मेघगर्जन र हिमपातको सम्भावना
- मधेस सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीको राजीनामासँगै मुख्यमन्त्री यादव संकटमा
- बडादसैँले एकता, पारिवारिक सद्भाव र सुशासनको प्रेरणा देओस्: प्रधानमन्त्री बालेन शाह

प्रतिकृया दिनुहोस्