छिमेकी देशहरुसँग भारतको तनाव बढ्दो, भुटानले पानी बन्द गर्यो
एजेन्सी – पछिल्लो समय छिमेकी मुलुकसँग भारतले तनाव बढाउँदै लगेको छ । कालापानी र लिपुलेकसहित नेपाल–भारत सीमाका ७१ स्थानमा विवाद छ। भारतसँग जोडिएका २६ मध्ये २३ जिल्लामा सीमा समस्या छ। यस लगत्तै भारकाले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा, चीनको लद्धाख र भुटानसँग पनि सीमा विवाद देखा परेको छ ।
भूटानबाट आसामका गाउँहरूमा सिँचाइको पानी स्थानीय भूटानी प्रशासनले रोकेका छन् । भुटानले सिँचाई रोकिदिएपछि किसानहरु चिन्तित बनेका छन् । उनीहरुले आन्दोलनसमेत गरेका थिए ।
प्रदर्शनका कारण रोंगिया–भुटान सडकमा घन्टौंसम्म जाम भयो । किसानहरू केन्द्र सरकारसँग यस समस्यालाई यथाशीघ्र समाधान गर्न माग गरिरहेका छन् ।
बक्शा जिल्लामा रहेका २५ वटा गाउँमा ६ हजारभन्दा बढी किसान खेतीका लागि भुटानबाट आउने पानीमा निर्भर छन् । सन् १९५३ देखि नै त्यहाँका किसान भुटानी पानीले खेतको सिँचाइ गरिरहन्छन् ।
भुटानले यसरी पानी रोक्नुको कुनै ठोस कारण दिएको छैन । केही महिनाअघि भुटानले भारतबाट आउने पर्यटकसँग हरेक दिन एक हजार रुपैयाँभन्दा बढी शुल्क लिने निर्णय लिएको थियो ।
भुटानले नागरिकहरूलाई राज्यमा प्रवेश गर्ने बित्तिक २१ दिनसम्मको क्वारेन्टाइनमा बस्नुपर्ने नियम लगाएको छ । यसले भारतीय किसानहरुलाई थप अफ्ठ्यारोमा पारेको छ ।
स्थानीय भूटान सरकारले सुरुमा धाराबाट पानी वितरण जारी राख्न सहमत भएको थियो तर यो अचानक हुने वर्षाका कारण सिँचाइ प्रणालीलाई क्षति पुर्याउने भन्दै पानी रोकेको हो ।
स्थानीयहरूले बोरा र ठूला ढुंगाको प्रयोग गरी अस्थायी रुपमा तटबन्ध निर्माण गरेर भारततर्फ जाने पानीलाई रोकिदिएका छन् ।
प्रतिकृया दिनुहोस्