हिमपातका कारण तारा एयरलाइन्सका जहाज हुम्लामै थन्किए
- Khabar Nirantar
- २०७७ पुष २०
हुम्ला – हुम्लामा आइतबार साँझदेखि हिमपात भएपछि विमान सेवासमेत अवरुद्ध भएको छ ।
हिमपातका कारण तारा एयरका जहाज आइतबारदेखि नै सिमकोट विमानस्थलमै थन्किएका छन् । एउटा जहाजको ब्याट्रीमा समस्या देखिएपछि मर्मत गर्न अर्काे जहाजमा प्राविधिक टोली आएको थियो । मर्मत गरी फर्कने बेला मौसम खराब भएपछि उडान रोकिएको सिमकोट विमानस्थलका प्रमुख विष्णु अधिकारीले जानकारी दिए ।
पश्चिमी वायुको प्रभावसँग उच्च पहाडी र हिमाली जिल्लाहरुमा हिमपात भइरहेको छ । हुम्ला सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा नाका जाने नारा लेख, लिमि जाने न्यालु लेख लगायतका स्थान हिउँले ढाकिएर सेताम्य भएका छन् ।
शीर्ष समाचार
- टेलिकमको नयाँ प्रिपेड सिम अब हुलाकमार्फत घरमै, यस्तो छ अनलाइन आवेदन दिने प्रक्रिया
- कांग्रेस महाधिवेशन: १५ पदाधिकारीको छिनोफानो, गगन थापाको सभापतित्वमा नयाँ टिम निर्माण
- दलित सहमहामन्त्रीमा स्नेही विजयी: ४८२१ मतसहित कांग्रेस कार्यसमितिमा
- भारत भ्रमण सम्पन्न गरी काठमाडौँ फर्किए गृहमन्त्री सुधन गुरुङ, अमित शाहसँग भेटवार्ता
- ३० प्राविधिक प्रहरी जवानको सहायक हवलदारमा बढुवा सिफारिस, को-को परे सूचीमा ?

प्रतिकृया दिनुहोस्