October 15, 2026, Thursday
KN hd tv

३० प्राविधिक प्रहरी जवानको सहायक हवलदारमा बढुवा सिफारिस, को-को परे सूचीमा ?

काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालयले प्राविधिक समूहअन्तर्गत इन्जिनियरिङ उपसमूहका ३० जना प्रहरी जवानलाई सहायक हवलदार पदमा बढुवाका लागि सिफारिस गरेको छ ।

मेकानिकल इन्जिनियरिङ तथा सवारीतर्फ कार्यरत यी जवानको बढुवा समितिको बैठकले योग्यताक्रमका आधारमा सिफारिस गरेको हो । प्रहरी नियमावली २०७१ अनुसार तयार पारिएको सिफारिस सूची हिजो सार्वजनिक गरिएको हो ।

सिफारिसमा परेका सबै ३० जनाको नामावली प्रहरी प्रधान कार्यालयको सूचनामा समावेश छ । बढुवा सिफारिसविरुद्ध उजुरी दिने व्यवस्था रहेको पनि सूचनामा उल्लेख छ ।

शीर्ष समाचार

धेरै पढिएको