October 15, 2026, Thursday
KN hd tv

मागभन्दा बढी ग्यास उत्पादन र वितरण: चाडपर्वमा इन्धन सहज बनाउन प्रशासनको एक्सन

काठमाडौँ । चाडपर्वको संवेदनशील समयलाई मध्यनजर गर्दै इन्धन आपूर्ति प्रणालीलाई थप प्रभावकारी बनाउन स्थानीय प्रशासन र नेपाल आयल निगमले संयुक्त रूपमा बजार अनुगमनलाई तीव्रता दिएका छन्। उपभोक्ताहरूले इन्धन सहजै प्राप्त गर्न सकून् भन्नका लागि सरकारी निकाय र व्यापारीहरूबीच समन्वय गरी वितरण प्रक्रियालाई पारदर्शी बनाइएको छ।

बजारको वास्तविक अवस्था बुझ्न र सरोकारवाला निकायबिच तालमेल मिलाउन आयोजित विशेष संयुक्त बैठकले चाडपर्वभरि पेट्रोल, डिजेल र ग्यासको सहज उपलब्धता सुनिश्चित गर्ने निर्णय गरेको छ। सोही निर्णयअनुसार सुरक्षा निकाय र विक्रेता प्रतिनिधिहरू फिल्डमा खटिएर आपूर्ति व्यवस्थाको नियमित निगरानी गरिरहेका छन्।

झापास्थित पराजुली ग्यास उद्योगका अनुसार हाल जिल्लामा दैनिक ५ हजार ५०० सिलिन्डर ग्यासको माग रहे पनि बजारमा ७ हजार ६०० सिलिन्डर उत्पादन तथा वितरण भइरहेको छ। पछिल्लो दुई महिनाको अवधिमा नियमित कोटाभन्दा ४० प्रतिशत बढी ग्यास बजारमा पठाइएकाले अपुग हुने अवस्था नरहेको उद्योगले प्रस्ट्याएको छ।

शीर्ष समाचार

धेरै पढिएको