September 25, 2023, Monday
२०८० आश्विन ८, सोमबार
KN hd tv

‘एमसीसी कार्यान्वयन गर्ने देशहरूको वर्तमान अवस्था दुःख लाग्दो छ ।’: एमसीसी अध्ययन समिति

एजेन्सी – नेपालमा एमसीसीबारे विवाद भइरहेका बेला  श्रीलंकमा अमेरिकी मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) प्रति असहमति पैदा भएको छ । नेपालमा एमसीसीबारे विवाद भइरहेका बेला एमसीसी अध्ययन गर्न बनेको समितिले उक्त सम्झौताका केही बुँदाहरु परिमार्जन गर्नूपर्ने निष्कर्ष निकालेको हो ।

बिहीबार साँझ अध्ययन समितिले श्रीलंकका राष्ट्रपति गोताबाया राजापाक्षेलाई आफ्नो अन्तिम प्रतिवेदन बुझाउँदै यस्तो सुझाव दिएको हो ।

समितिले भनेको छ , ‘एमसीसी कार्यान्वयन गर्ने देशहरूको वर्तमान अवस्था दुःख लाग्दो छ ।’ समितिले एमसीसीबारे आशंका व्यक्त गरेपछि राष्ट्रपतिले उक्त प्रतिवेदन सार्वजनिक गर्न निर्देशन दिएका छन् ।

यो सहमति नेपालमा जस्तै श्रीलंकामा पनि पूर्व सरकारको कार्यकालमा सम्झौता गरिएको थियो । तर राजनीतिक विरोधका कारण ढिलाइ भएको थियो । वर्तमान सरकारले यस प्रावधानहरूको अध्ययन गर्न समिति गठन गरेको थियो भने कोलम्बोमा अमेरिकी दूतावासले अगस्टमा हुने संसदीय निर्वाचनपछि यो सम्झौता टुंगिने आशा व्यक्त गरेको थियो ।

६ महिना लगाएर अध्ययन गरिएको उक्त सम्झौतामा समितिका प्रमुख ललिथासिरी गुनारुवानले अहिलेकै अवस्थामा सम्झौता कार्यान्वयन गरिए देशका लागि दुखःद हुने चेतावनी दिएका छन् ।

‘कमिटीले विज्ञ, विभिन्न संगठन, सार्वजनिक संस्था तथा व्यक्तिले राखेका धारणा, दृष्टिकोण तथा सुझाव ६ महिना लगाएर ध्यानपूवर्क अध्ययन गरेर सुझाव प्रस्तुत गरेको हो,’ राष्ट्रपति कायाृलयले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘अध्यक्षले तत्कालीन सरकारले सम्झौतामा हस्ताक्षर गर्नुअघि सरकारको फोकलप्वाइन्ट रहेको संस्थाले त्यसका बहुपक्षीय विश्लेषण नगरेको बताउनु भएको छ ।’

शीर्ष समाचार

धेरै पढिएको