October 18, 2026, Sunday
KN hd tv

सानिमा बैंकको निःशुल्क क्रेडिट कार्ड योजना

काठमाडौं-सानिमा  बैंकले निःशुल्क क्रेडिट कार्ड योजनाको सुरुवात गरेको छ। बैंकले आफ्ना ग्राहकका लागि ‘अनलाइन आवेदन दिनुहोस्, निःशुल्क क्रेडिट कार्ड पाउनुहोस्’ नारासहित निःशुल्क क्रेडिट कार्ड जारी गर्ने योजना सार्वजनिक गरेको हो।

यो योजना मंसिर १५ गतेदेखि मंसिर २२ गतेसम्म अनलाइनबाट क्रेडिट कार्डको आवेदन दिने सम्पूर्ण ग्राहकका लागि लागू हुने बैंकले जनाएको छ। अनलाइन आवेदन बैंकको वेबसाइटबाट दिन सकिने छ। यस अवधिमा अनलाइनबाट क्रेडिट कार्डका लागि आवेदन दिने ग्राहकहरुले निःशुल्क क्रेडिट कार्डका साथै सुलभ ब्याजदरमा मासिक किस्तामा विशेष सुविधा पाउने बैंकले उल्लेख गरेको छ।

सानिमा बैंकको सातै प्रदेशमा हाल ८३ वटा शाखा, १६ विस्तारित काउन्टर र ८१ वटा ए.टि.एम. संचालनमा रहेका छन् । साथै, सानिमा बैंकको डेविट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटेल, रेष्टुरेन्टलगायतमा विशेष छुटको व्यवस्था रहेको छ।

शीर्ष समाचार

धेरै पढिएको