October 18, 2026, Sunday
KN hd tv

हिमालयन बैंकले २० प्रतिशत लाभांश घोषणा

काठमाडौं–हिमालयन बैंकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट २० प्रतिशत लाभांश दिने घोषणा गरेको छ। आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट १४ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ।

बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट अनुमति पाएपछि बैंकले साधारणसभा बोलाउन सक्ने छ। सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश साधारणसभाबाट पारित गरेसँगै प्राप्त हुनेछ। बैंकले गत वर्ष १० प्रतिशत बोनस शेयर र १२ प्रतिशत नगद लाभांश दिएको थियो। कोभिड महामारीको अवधिमा पनि बैंकले राम्रो लाभांश घोषणा गरेको छ।

हाल हिमालयन बैंकको चुक्ता पुँजी ९ अर्ब ३७ करोड रुपैयाँ रहेको छ। प्रस्तावित बोनस शेयरपछि बैंकको चुक्ता पुँजी १० अर्ब ६८ करोड रुपैयाँ पुग्नेछ। 

शीर्ष समाचार

धेरै पढिएको