March 23, 2023, Thursday
२०७९ चैत्र १०, शुक्रबार
KN hd tv

६४.१५ अंकले बढेर १८७४ पुग्यो नेप्से

काठमाडौं-  बुधबार सेयर बजार ६४.१५ अंक‍ले बढेको छ। नेप्से सूचक ३.५२ अंकले सुधार भएर १८७४.२६ अंक कायम भएको छ। यो अंक इतिहासकै दोस्रो ठूलो सूचक हो। यसअघि २०७३ साउन १२ गते नेप्सेले १८८१ अंक पुगेको थियो।

सूचक सुधार भएसँगै कारोबार रकम पनि ५ अर्ब ३ करोड रुपैयाँको कारोबार भएको छ। बुधबार ५ वटा कम्पनीको सेयर मूल्य अधिकतम बढ्ने क्रममा सर्किट लागेको छ। होटलको सूचकबाहेक सम्पूर्ण सूचक तथा उपसूचकमा सुधार आएको छ।

बुधबार बजार सुधार हुनुमा वाणिज्य बैंकको योगदान सबैभन्दा बढी छ। वाणिज्य बैंकको सूचक ४० अंकले सुधार भएको छ। गएका दिनमा थोरै सेयर पुँजी भएका कम्पनीमा मात्रै उछाल आएकोमा बुधबार वाणिज्य बैंकको सेयर मूल्यमा अत्याधिक सुधार भएको हो। बजार सुधार हुने लक्षणका कारण लगानीकर्ता मंहगा कम्पनीका साथै थोरै मूल्य भएका वाणिज्य बैंकको सेयरमा आकर्षित भएका हुन्।

वाणिज्य बैंकको बजार हिस्सा ४६ प्रतिशत रहेको छ। गएका वर्षमा बाणिज्य बैंकको सूचकमा सुधार नभइ बजार खासै बढ्दैन थियो। तर यस पटक बैंकिङ सूचकमा सुधार नभइ ५ सय अंकको सुधारमा टेवा पुर्‍याएको हो।

शीर्ष समाचार

धेरै पढिएको