October 16, 2026, Friday
KN hd tv

शिक्षा, स्वास्थ्य र विद्युत्‌मा लग्जरी कर न्यायसङ्गत छैन : महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले सरकारले शिक्षा, स्वास्थ्य र विद्युत्जस्ता अत्यावश्यक क्षेत्रमा ‘लग्जरी कर’ लगाउने निर्णयप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन्। पार्टीद्वारा आयोजित ‘सुवर्ण शमशेर इकोनोमिक शृङ्खला’ लाई सम्बोधन गर्दै उनले सरकारको यो नीति आम उपभोक्ताका लागि अन्यायपूर्ण रहेको बताएका हुन्।

वर्तमान अवस्थामा निजी विद्यालयमा पढाउनु र निजी अस्पतालमा उपचार गराउनु नागरिकको रहर नभई बाध्यता भएको स्पष्ट पार्दै नेता थापाले भने, ‘सरकारी विद्यालयको पठनपाठन र अस्पतालहरूको सेवाको गुणस्तर नसुधार्दासम्म निजी क्षेत्रको सेवालाई लग्जरी मानेर कर लिनु उपयुक्त हुँदैन।’

सरकारले एकतर्फ करको दायरा सहज बनाएको देखाए पनि अर्कातर्फ विभिन्न शीर्षकमा करको भार बोकाएको उनको आरोप छ। अगाडिबाट राहत दिएजस्तो गरेर पछाडिको गोजीबाट सुटुक्क कर असुलिएको टिप्पणी गर्दै उनले संसद्मा बजेट छलफलका क्रममा संरचनागत सुधारका विषयहरूलाई दृढताका साथ उठाउन पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन्।

शीर्ष समाचार

धेरै पढिएको