October 16, 2026, Friday
KN hd tv

प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत शीर्षकमाथि छलफल हुँदै, मन्त्रीले ३ र ४ गते जवाफ दिने

काठमाडौँ । सङ्घीय संसद् सचिवालयले आगामी आर्थिक वर्षको बजेट अन्तर्गत प्रतिनिधिसभामा मन्त्रालयगत विनियोजन शीर्षकमाथिको छलफलको कार्यतालिका सार्वजनिक गरेको छ। जस अनुसार संसद्मा असार १ र २ गते विभिन्न मन्त्रालयका शीर्षकमाथि व्यापक छलफल हुनेछ भने सांसदहरूले उठाएका जिज्ञासाहरूको सम्बन्धित मन्त्रीले असार ३ र ४ गते जवाफ दिनेछन्।

सचिवालयले तय गरेको कार्यतालिका अनुसार असार १ गते श्रम, कृषि, शिक्षा, स्वास्थ्य, सामान्य प्रशासन र महिला मन्त्रालय लगायतका विभिन्न १३ वटा मन्त्रालयका शीर्षकमाथि छलफल हुनेछ। त्यसैगरी, असार २ गते गृह, परराष्ट्र, अर्थ, रक्षा, पूर्वाधार विकास लगायतका बाँकी मन्त्रालय र संवैधानिक निकायहरूको कार्यालयका शीर्षकमाथिको छलफलको समय निर्धारण गरिएको छ।

मन्त्रालयगत छलफल समाप्त भएपछि असार ३ गते पहिलो दिन छलफल भएका मन्त्रालयका मन्त्रीहरूले संसद्मा उठेका प्रश्नहरूको स्पष्टीकरण दिनेछन्। यसैगरी, असार ४ गते दोस्रो दिनको सूचीमा रहेका मन्त्रालय तथा कार्यालयका जिम्मेवार मन्त्री र अधिकारीहरूले जवाफ दिएसँगै मन्त्रालयगत छलफलको चरण औपचारिक रूपमा पूरा हुनेछ।

शीर्ष समाचार

धेरै पढिएको