October 17, 2026, Saturday
KN hd tv

रास्वपा महाधिवेशन आजबाट

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन आइतबार देखि चितवनमा सुरु हुँदैछ ।

महाधिवेशन उदघाटन सभापति रवि लामिछाने र वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन शाहले संयुक्त रुपमा गर्ने छन् ।

भरतपुरको गेष्टहाउस चौरमा हुने महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ । महाधिवेशनलाई व्यवस्थित र प्रतिनिधिमूलक बनाउन आवश्यक अधिकांश व्यवस्थापनको काम पूरा भएको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए ।

महाधिवेशनमा देशभरका जिल्ला, प्रदेश तथा विदेशस्थित सम्पर्क समितिबाट प्रतिनिधि छनोटको प्रक्रिया पूरा भइसकेको छ । महाधिवेशनस्थल व्यवस्थापन, आवास, यातायात, सुरक्षा तथा स्वयंसेवक परिचालनलगायत काम सकिएको छ । उदघाटन समारोह स्थललाई रवि र बालेनको तस्वीरसहित सजाइएको छ ।

असार १० सम्म चल्ने महाधिवेशनले १५१ सदसीय केन्द्रीय समिति चयन गर्ने छ ।

शीर्ष समाचार

धेरै पढिएको