कर्मचारीको बढ्यो तलब, सर्वसाधारणमा महंगी बढ्ने चिन्ता
सरकारले कर्मचारी, शिक्षक, सेना, प्रहरीको तलब समान स्केलमा बढ्ने निर्णय गरेको छ । बजेट बक्तब्य मार्फत अर्थमन्त्री स्वर्णिम वाग्लेले कर्मचारीको तलब १० प्रतिशतले बढ्ने र महंगी भत्ता ५ हजारको अलाव थप १० प्रतिशत पोत्साहन भत्ता बढ्ने घोषणा गरेका हुन् । चार वर्ष देखी कर्मचारीको तलब नबढेको उल्लेख गर्दै अर्थमन्त्रीले अब यस क्षेत्रमा न्युनतम तलब ४० हजार अधिकतम एक लाख भन्दा माथि हुने उल्लेख गरेका थिए । बढेको तलब भत्ता भने श्रावण देखी मात्र लागु हुनेछ । कर्मचारीको तलब भत्ता बढेसँगै सर्वसाधारणलाई भने महंगी बढ्ने चिन्ताले सताएको छ । सर्वसाधारणले सामाजिक संझालमा पोष्ट गर्दै कर्मचारीको तलब बृद्धीले मुल्यबृद्धी नबढोस् भन्ने चिन्ता गरेका छन् ।

प्रतिकृया दिनुहोस्