२१ खर्ब २४ अर्बको बजेट
सरकारले चालु आर्थिक वर्ष भन्दा करिब १ खर्ब ६० अर्ब रुपयाँ आकार बढाउँदै आगामी आर्थिक वर्ष २०८३र८४ को लागि २१ खर्ब २४ अर्ब रूपैयाँको बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संसदमा सो बजेट प्रस्तुत गरेका हुन् । पछिल्लो समय राजश्वमा निरन्तर गिरावट आईरहेका बेला सरकारले भने राजस्व बाँडफाँट बाहेक १४ खर्ब ५ अर्ब रूपैयाँको राजस्वको आधार देखाएर २१ खर्ब २४ अर्बको बजेट प्रस्तुत गरेको हो । चालु वर्षमा १९ खर्ब ६४ अर्बको विनियोजन गरिएको थियो। अहिलेसमम्म १२ खर्ब ५२ अर्ब मात्रै खर्च भएको छ।
बजेटको चालुतर्फ १२ खर्ब ७० अर्ब र पूँजीगतमा ४ खर्ब ३१ अर्ब विनियोजन भएको छ । वित्तीय व्यवस्थामा ४ खर्ब २२ अर्ब बराबर विनियोजन गरिएको छ ।
अर्थमन्त्री वाग्लेले ठूलो आकारको बजेट ल्याउने चर्चाबीच सन्तुलित बजेट ल्याएका छन् । सरकारले राजस्वबाट १४ खर्ब ५ अर्ब र वैदेशिक अनुदानबाट ६१ अर्ब ७४ करोड बेहोर्ने अनुमान गरिएको छ ।
आगामी आव सरकारले वैदेशिक ऋण २ खर्ब ४७ अर्ब र आन्तरिक ऋण ४ खर्ब १० अर्ब बराबर लिने अनुमान गरेको छ ।
सरकारको बजेट महत्वकांक्षी भएको भन्दै कार्यन्वयन जटिल रहेको टिप्पणी गरेका छन् ।

प्रतिकृया दिनुहोस्