October 17, 2026, Saturday
KN hd tv

अमेरीका र इरानबीच थप दुई महिना युद्धविराम सहमति

अमेरिका र इरानबीच जारी युद्धविरामको अवधि दुई महिना थप गर्ने सहमति भएको छ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सलेका अनुसार दुई देशबीच युद्धविराम अवधी थप ६० दिन लम्ब्याउन सहमति भएको उल्लेख छ । यो अवधिमा विश्वभर ऊर्जा आपूर्तिका लागि अत्यन्त संवेदनशील मानिएको हर्मुज जलमार्गमा जहाजहरुको आवतजावत सहज बनाउने सहमति भएको भएको उल्लेख गरिएको छ ।
थपिएको अवधिमा अमेरिका र इरानले आणविक कार्यक्रमजस्ता जटिल विषयमा वार्ता जारी राख्दै निष्कर्षमा पुग्ने समाचारमा जनाइको छ।

सम्भावित सहमतिपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्न थालेको छ।

शीर्ष समाचार

धेरै पढिएको