October 17, 2026, Saturday
KN hd tv

सरकारले महत्वपुर्ण संस्था भ्याकुम बनायो – प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस

मुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राज्यका केही संवेदनशील संस्था भ्याकुम बनाएर सरकारले राम्रो नगरेको बताएको छ । प्मुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले बुधबार प्रतिनिधि सभाको बैठक सरकारले राजनीतिक भागबण्डाका आधारमा नियुक्त गरेको भन्दै सारा संस्था खाली गरेर भ्याकुम बनाएको बताएका हुन्।

उनले सत्य तथा मेलमिलाप आयोग र बेपत्ता नागरिकसम्बन्धी संक्रमणकालीन न्यायका आयोगका पुराना पदाधिकारीहरूलाई पनि बर्खास्त गरेर द्वन्दका पीडितको दीर्घकालीन सङ्घर्ष अझै लम्ब्याउन खोजेको बताए । यस्ता संस्थाहरुमा भएको भ्याकुम प्रति अन्तर्राष्ट्रिय चासो बढेको उल्लेख गरे ।

उनले विस्तृत शान्ति सम्झौताको दुई दशक बितिसक्दा पनि द्वन्द्वपीडितहरू न्याय पाउनबाट वञ्चित रहेको भन्दै यस्तो संवेदनशलि विषयलाई हल्का नबनाउन सरकारसँग आग्रह गरे ।

शीर्ष समाचार

धेरै पढिएको