October 18, 2026, Sunday
KN hd tv

भ्रष्टाचार निवारण र सुशासनमा नयाँ वर्षले आधार तयार गरोस् : खिलराज रेग्मी

काठमाडौँ : मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी ले आगामी नयाँ वर्षलाई भ्रष्टाचार निवारण, सुशासन प्रवर्द्धन, सेवा प्रवाहमा तदारुकता र समृद्धिका लागि आधार वर्षका रूपमा रहने विश्वास व्यक्त गरेका छन्।

नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना सन्देश दिँदै उनले आम नेपालीको उन्नति र प्रगतिको लागि यो वर्ष विशेष बन्न सकोस् भन्ने कामना गरेका छन्।

उनले नेपाली राजनीतिक इतिहासमा प्रजातन्त्र र जनअधिकारका लागि पटकपटक क्रान्ति र आन्दोलन भए पनि भ्रष्टाचार निवारण र सुशासन व्यवहारमा सार्थक रूपमा लागू हुन नसकेको उल्लेख गरेका छन्।

जेनजी आन्दोलनले मुख्य रूपमा सुशासन र भ्रष्टाचार नियन्त्रणको दिशानिर्देश दिएको बताउँदै उनले आन्दोलनका भावनाअनुसार अघि बढ्नु सबैको कर्तव्य भएको स्पष्ट पारेका छन्।

पूर्वप्रधानन्यायाधीशसमेत रहेका रेग्मीले सरकारको कार्यशैली सकारात्मक दिशातर्फ उन्मुख भइरहेको उल्लेख गर्दै सुशासन भनेको विधिको शासन भएको बताएका छन्। उनले नयाँ वर्षले सबैमा नयाँ उत्साह, उमङ्ग र राष्ट्र निर्माणतर्फ अग्रसर हुने प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेका छन्।

शीर्ष समाचार

धेरै पढिएको