October 17, 2026, Saturday
KN hd tv

इरिट्रियाका ७ जना खेलाडी अन्तर्राष्ट्रिय खेलपछि घर फर्किएनन्

काठमाण्डाै – पूर्वी अफ्रिकी देश इरिट्रियाका सात जना खेलाडी अन्तर्राष्ट्रिय खेलपछि घर फर्किएकका छैनन् ।

गएको हप्ता इस्वातिनीमा ऐतिहासिक जीत हासिल गर्ने इरिट्रियन फुटबल टोलीका सात जना खेलाडी घर नफर्किएका टोलीसँग नजिकको स्रोतलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । उनीहरूका टोलीका साथीहरू इस्वातिनीबाट फर्किए पनि ती सात जना फरार रहेका खबरमा उल्लेख छ ।

खेलाडीहरू फरार भएको खबरले टोलीलाई झड्का लागेको छ । इस्वातिनीलाई हराउँदै इरिट्रिया १९ वर्षमा पहिलो पटक अफ्रिका कप अफ नेशन्समा छनोट भएको थियो ।

पछिल्ला वर्षहरूमा इरिट्रियन खेलाडीहरू अन्तर्राष्ट्रिय खेलपछि घर नफर्केका धेरै घटनाहरू सार्वजनिक भएका छन् ।

अधिकार समूहहरूले इरिट्रियाको सरकारलाई अत्यधिक दमनकारी भन्ने गरेका छन् तर यो आरोपलाई अधिकारीहरूले अस्वीकार गर्छन् । इरिट्रियनहरूले विदेशमा शरण खोज्ने क्रम बढिरहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको