October 16, 2026, Friday
KN hd tv

भदौ २४ गतेको घटनाबारे निष्पक्ष छानबिन गर्न एमाले सांसद झाँक्रीको माग

काठमाडौं : नेकपा एमालेकी राष्ट्रियसभा सांसद रामकुमारी झाँक्रीले भदौ २४ गतेको घटनाको छानबिनमा ढिलाइ भइरहेको भन्दै प्रश्न उठाएकी छन् । सिंहदरबारलगायत स्थानमा भएको आगजनीको सत्यतथ्य सार्वजनिक गर्न ढिलाइ गर्न नहुने उनको भनाइ छ।

सोमबार चैत २३ राष्ट्रियसभा बैठकमा बोल्दै उनले ‘भदौ २४ को घटनाको निष्पक्ष छानबिन कहिले हुन्छ ?’ भन्दै प्रश्न गरिन्।

‘भाद्र २३ र २४ गतेको त्यो विद्रोह शान्तिपूर्ण थियो ? अथवा त्यो हिंसात्मक वा के विद्रोह थियो ? त्यसको जिम्मा कसले लिने हो ?’ उनले भनिन्, ‘२३ गतेको घटनाबारे केही प्रतिवेदन आए । २४ गते खण्डहर भएका सिंहदरबारजस्ता संरचना जलाउँदा केही हुन्न भन्ने कुराको भाष्य र त्यसरी मनिटरिङ गरेर मान्छेलाई कसले पठाएको हो ?’

उनले नवयुवालाई गलत ढंगले परिचालन गरिएको र सिंहदरबारलगायत संरचना ध्वस्त बनाइएको घटनाप्रति आफू भावविह्वल भएको बताइन्। साथै, उक्त घटनाको तथ्य सार्वजनिक गर्न माग गर्दै सरकारले समस्यालाई बेवास्ता गर्न नहुने धारणा राखिन्।

सांसद झाँक्रीले राज्यविरुद्ध जे पनि गर्न मिल्ने भन्ने गलत भाष्य स्वीकार्य नहुने पनि बताइन् । ‍

शीर्ष समाचार

धेरै पढिएको