October 19, 2026, Monday
KN hd tv

डोलप्रसाद अर्याल सभामुखमा निर्विरोध निर्वाचित 

काठमाडौं :  प्रतिनिधिसभाको सभामुखमा डीपी अर्याल निर्विरोध निर्वाचित भएको घोषणा भएको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।

प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सभामुख पदका लागि सोही दलका सांसद डोलप्रसाद अर्यालको नाम प्रस्ताव गरेका थिए । प्रस्तुत प्रस्तावको अर्थमन्त्री डा स्वर्णिम वाग्लेले समर्थन गरेका थिए । 

अर्थमन्त्री वाग्लेले २०४७ सालदेखिका सभामुख दमननाथ ढुङ्गानादेखि हालसम्मका सभामुखको भूमिका र योगदानलाई स्मरण गर्दै संसदलाई जीवन्त र सन्तुलित बनाउन अब निर्वाचिन हुने सभामुख अर्यालले भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

शीर्ष समाचार

धेरै पढिएको